काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ११.३७ अंकले घटेर २७५५.४१ विन्दु्मा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३५१ कम्पनीको १ करोड २७ लाख ३२ हजार ८६८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.४४ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूह ०.०६ प्रतिशतले बढेको छ ।
आज ७ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा सानिमा रिलायन्स लाइफ रहेको छ । कम्पनीको सेयरभाउ २.५३ प्रतिशतले बढेर ४१० रुपैयाँ पुगेको छ ।
त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २.०६ प्रतिशत, आरबीसीएलको १.२४ प्रतिशत, शिखरको १.३३ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.६४ प्रतिशत, नेशनल लाइफको ०.०२ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.०२ प्रतिशतले बढेको छ ।
सर्वाधिक गुमाउनेमा भने एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.९७ प्रतिशतले घटेर ६४७ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, हिमालयन एभरेष्टको ०.८८ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.०७ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.३५ प्रतिशत, नेको इन्स्योरेन्सको १.०३ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको १.४० प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.८५ प्रतिशत, सानिमा जिआइसीको ०.५० प्रतिशत, युनाइटेड अजोडको ०.८३ प्रतिशत, हिमालयन रि को ०.५० प्रतिशत र नेपाल रि को १.३३८ प्रतिशतले घटेको छ ।
यसका साथै एशियन लाइफको ०.२२ प्रतिशत, सिटिजन लाइफको ०.११ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको १.०६ प्रतिशत, गार्डियन माइक्रो लाइफको १.८५ प्रतिशत, हिमालयन लाइफको ०.९० प्रतिशत, आइएमई लाइफको ०.५९ प्रतिशत, नेपाल लाइफको १.२१ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.३२ प्रतिशत, सूर्यज्योति लाइफको ०.२३ प्रतिशत र सन नेपाल लाइफको १.३९ प्रतिशतले घटेको छ ।

