मंगलवार, असार ३,२०८२ 01:32:24
  • मंगलवार, असार ३,२०८२ 01:32:24
Global IME Bank Limited

नेक्सजेन म्यानेजमेन्टको ‘योंग इनोभेटर्स मिट’ सम्पन्न

Hyundai Nepal
नेक्सजेन म्यानेजमेन्टको ‘योंग इनोभेटर्स मिट’ सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । नेक्सजेन म्यानेजमेन्टले काठमाण्डौमा ‘योंग इनोभेटर्स मिट’ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम नयाँ बानेश्वरको आनन्दभुमि बिजनेस सेन्टरमा शनिबार आयोजना गरिएको हो । स्टार्ट अप व्वसाय गरिरहेका र नयाँ गर्न चाहने युवाहरूलाई प्रोत्साहित गर्न नेक्सजेनले यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।  

कार्यक्रममा सहभागिहरूको स्वागत नेक्सजेनका अध्यक्ष रमेश कुमार भट्टराईले गरेका थिए । ‘देशमा कामको प्रशस्त अवसर भएर पनि उचित जानकारीको अभावमा युवाहरू निराश भएर विदेश पलायन हुँदैछन् । सहयोगी संस्थाहरू र काम गर्न चाहने युवाहरू बिच सहजीकरण गर्न यस कार्यक्रमको आयोजना गरिएको हो । ’अध्यक्ष भट्टराईले भने ।  

उनले यस्ता कार्यक्रम काठमाण्डौ लगायत देशका अन्य स्थानमा पनि निरन्तर गरिने बताए ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

स्टार्ट अप इनोभेसन एण्ड इन्कयुवेसन सेन्टरका अध्यक्ष डा. शम्भु पोखरेलले आर्थिक मन्दिको यस्तो प्रतिकुल अवस्थामा नेक्सजेन म्यानेजमेन्टले प्रशंशनिय कार्य गरेको बताए । उनले स्टार्ट अप ब्यवसाय गर्न चाहनेलाई सेन्टरले सहयोग गर्ने विश्वास दिलाए । कार्यक्रममा विजय लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत वसन्त लम्सालले लघु वित्तिय संस्थाको तर्फबाट स्टार्ट अप व्यवसाय गर्न चाहनेलाई वित्तिय श्रोतको व्यवस्था गर्न सकिने जानकारी दिए ।  

कार्यक्रमका प्रमुख अतिथिको कृषि विकास बैंक र नेपाल बैंकका पुर्व कार्यकारी प्रमुख देवेन्द्र प्रताप शाहले युवाहरू अघि नबढि देश नबन्ने बताए । उनीहरुले युवाहरूले नयाँनयाँ कामको संभावना खोजि गरेर अघि बढ्नुपर्ने र नेक्सजेन म्यानेजमेन्ट जस्तो संस्थासँग सहकार्य गरि काम गर्दा सफल हुन सकिने विश्वास व्यक्त गरे ।  

योंग इनोभेटर्स मिट कार्यक्रमको अध्यक्षता ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्यले गरेका थिए । उक्त कार्यक्रममा आफ्नो मन्तब्य व्यक्त गर्दै उनले बैंकहरूले जनताको निक्षेप बाट लगानी गर्नुपर्ने र संभावना भएको र कर्जा तिर्न सक्ने क्षमता भएको उद्योग व्यवसायमा मात्र लगानी गर्न सकिने जानकारी गराए । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.