काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंकको जेठ २३ गते बसेको सञ्चालक समितिको बैठकले १५ औँ वार्षिक साधारण सभा डाकेको छ । बैठकले उक्त सभा आगामी असार १४ गते आइतबारका दिन विराटनगरमा रहेको होटल रुविजमा बिहान ११ बजेदेखि शुरु गर्ने निर्णय गरेको हो ।
सभामा बैंकले अन्य बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने र आवश्यक परे सञ्चालक समितिले नै सम्पूर्ण प्रक्रिया अघि बढाउने प्रयोजनका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित हुनेछ ।
सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०८२१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मका वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने सामान्य प्रस्तावहरु माथि छलफल गरी पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि बैंकले असार २ गतेदेखि असार १४ गतेसम्म बुक क्लोज गर्ने निर्णय समेत गरेको छ । यसर्थ असार १ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै बैंकको उक्त सभामा सहभागी हुनका लागि योग्य ठहरिनेछन् ।

