काठमाण्डौ । मंगलबार सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १.५४ अंकले घटेर २७३३.५९ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३५७ कम्पनीको १ करोड २३ लाख ८२ हजार १७ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.३७ प्रतिशत र निर्जीवन बीमा समूह ०.४१ प्रतिशतले घटेको छ ।
बीमा समूह घट्दा आज ९ कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा नेपाल रि इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको सेयरभाउ १.२४ प्रतिशतले बढेर १०५६.९० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, हिमालयन एभरेष्टको ०.७१ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.५४ प्रतिशत, युनाइटेड अजोडको ०.०२ प्रतिशत, एशियन लाइफको ०.०७ प्रतिशत, एलआइसी नेपालको ०.०६ प्रतिशत, नेपाल लाइफको ०.६६ प्रतिशत, सूर्यज्योति लाइफको ०.१८ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.७० प्रतिशतले बढेको छ ।
सर्वाधिक गुमाउनेमा भने क्रेष्ट माइक्रो लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ९.१६ प्रतिशतले घटेर १२८९ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, सिटिजन लाइफको ०.३९ प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.७५ प्रतिशत, हिमालयन लाइफको ०.२९ प्रतिशत, आइएमई लाइफको ०.६८ प्रतिशत, नेशनल लाइफको ०.८१ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.०५ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.२३ प्रतिशत, सन नेपाल लाइफको ०.७३ प्रतिशतले घटेको छ ।
यसका साथै नेपाल इन्स्योरेन्सको ०.७३ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.४० प्रतिशत, आरबीसीएलको ०.४४ प्रतिशत, सलिकोको १.५५ प्रतिशत, सानिमा जिआइसीको ०.५४ प्रतिशत, शिखरको १.१८ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.३१ प्रतिशत र हिमालयन रि को ०.१५ प्रतिशतले घटेको छ ।

