काठमाण्डौ । फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात गरेको छ । डोमेस्टिक क्रेडिट कार्ड सञ्जालअन्तर्गत कम्पनीले नेपालमा पहिलो पटक सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडसँगको सहकार्यमा पूर्णरुपमा डिजिटल क्रेडिट कार्डको सुरुवात गरेको जनाएको छ ।
नेपालका बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई फोनपे कार्ड स्किमअन्तर्गत रहि पूर्णरुपको डिजिटल क्रेडिट कार्ड (फोनपे भर्चुअल कार्ड) आफ्नो मोबाइल बैंकिङ एपमार्फत उपलब्ध गराउन सक्नेछन् ।
सिटिजन्स बैंक यस्तो कार्ड जारी गर्ने नेपालको पहिलो बैंक भएको छ । सिटिजन्स बैंकका ग्राहकहरुले यस क्रेडिट कार्डको सुविधा सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमार्फत लिनसक्ने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।