काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख १० गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.२६ रुपैयाँ र बिक्रीदर १३३.८६ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४२ रुपैयाँ र बिक्रीदर १४२.६३ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६४.८८ रुपैयाँ र बिक्रीदर १६५.६२ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८५.५३ रुपैयाँ र बिक्रीदर ८५.९१ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.६२ रुपैयाँ र बिक्रीदर ८.६६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२८ रुपैयाँ र बिक्रीदर ३६.४५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.४१ रुपैयाँ र बिक्रीदर १८.४९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २७.८६ रुपैयाँ र बिक्रीदर २७.९८ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५३ रुपैयाँ र बिक्रीदर ३६.७० रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६९ रुपैयाँ र बिक्रीदर ९.७४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३२.६६रुपैयाँ र बिक्रीदर ४३४.६१ रुपैयाँ कायम भएको छ ।