काठमाण्डौ । अमेरिकी ईभी कार निर्माता कम्पनी टेस्लाले कारको मूल्यमा कटौती गरेको छ । कम्पनीले चीन,जर्मनी र अमेरिका जस्ता आफ्ना प्रमुख बजारहरुमा कारको मूल्य घटाएको हो ।
पछिल्लो केहि समययता कारको बिक्रीमा आएको कमी र चिनियाँ ईभी निर्माताहरुले छेडेको मूल्य युद्धका कारण टेस्ला मूल्य घटाउन बाध्य बनेको हो । गत साता वर्षको पहिलो त्रैमासमा विगत ४ वर्षमा पहिलोपटक टेस्लाको कार बिक्रीमा कमी आएको प्रतिवेदन सार्वजनिक भएको थियो ।
‘मागसँग उत्पादनको समन्वय मिलाउनका लागि टेस्लाको मूल्य बारम्बार परिवर्तन गर्न आवश्यक छ,’ एलन मस्कले आइतबार एक्समा पोष्ट गरेका छन् ।
टेस्लाले चीनमा मोडल थ्रिको सुरुवाति मूल्य १४ हजार युआनले घटाएको छ ।
त्यस्तै जर्मनीमा पनि कम्पनीले मोडल थ्रिको मूल्य ४२ हजार ९९० युरोबाट घटाएर ४० हजार ९९० युरोमा झारिएको छ ।
यस्तै कमम्पनीले युरोपका अन्य देशहरु,मध्य–पूर्व र अफ्रिकाका देशहरुमा समेत मूल्य कर्टाती गरेको छ ।
कम्पनीले अमेरिकामा मोडल वाई मोडल एक्स र मोडल एसको मूल्य २ हजार ड लरले घटाएको छ । गत शनिबार कम्पनीले आफ्नो ‘फुल सेल्फ ड्राइभिङ असिस्टेन्ट सफ्टवेयर’को मूल्य पनि ४ हजारले घटाएर ८ हजार डलर कायम गरेको छ । -एजेन्सी