काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख ११ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.०९ रुपैयाँ र बिक्रीदर १३३.६९ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४१.५७ रुपैयाँ र बिक्रीदर १४२.२१ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६३.९३ रुपैयाँ र बिक्रीदर १६४.६७ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८५.६४ रुपैयाँ र बिक्रीदर ८६.०३ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.६० रुपैयाँ र बिक्रीदर ८.६४ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३४ रुपैयाँ र बिक्रीदर ३६.४० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३७ रुपैयाँ र बिक्रीदर १८.४६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २७.८५ रुपैयाँ र बिक्रीदर २७.९८ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.४९ रुपैयाँ र बिक्रीदर ३६.६५ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६४ रुपैयाँ र बिक्रीदर ९.६८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३१.८१रुपैयाँ र बिक्रीदर ४३३.७६ रुपैयाँ कायम भएको छ ।