शुक्रबार, असार ५,२०८३ 10:49:27
Bizshala
  • शुक्रबार, असार ५,२०८३ 10:49:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रिलायबल समृद्धि योजना–२ को इकाई बाँडफाँड, योजनाको आकार २५% ले विस्तार

Laxmi Sunrise Bank Limited
रिलायबल समृद्धि योजना–२ को इकाई बाँडफाँड, योजनाको आकार २५% ले विस्तार
Shivam Cement

काठमाण्डौ । रिलायबल समृद्धि योजना २ को इकाई बाँडफाँड सम्पन्न भएको छ। रिलायबल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने यो योजना असार ४ गते बाँडफाँड गरिएको हो ।

सर्वसाधारणबाट अपेक्षाभन्दा बढी आवेदन परेपछि प्रचलित कानुनी व्यवस्था अनुसार योजनाको आकार २५ प्रतिशतले वृद्धि गर्दै १ अर्ब २५ करोडबराबरको कुल १२ करोड ५० लाख इकाई कायम गरिएको छ।

Bizshala
New Office
CG Motors

रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल योजना व्यवस्थापक तथा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक रहेको यो योजनाको प्रति इकाई रु. १० अंकित मूल्यका दरले प्रारम्भिक रूपमा वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म १० करोड इकाई निष्कासन गरिएको थियो।

कुल निष्कासनमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई बीज पूँजीका रूपमा सुरक्षित गरिएको थियो। यसअन्तर्गत कोष प्रवद्धक रिलायबल लाइफ इन्स्योरेन्सलाई १ करोड ४० लाख इकाई तथा योजना व्यवस्थापक रिलायबल क्यापिटललाई १० लाख इकाई छुट्याइएको थियो। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिएको थियो।

Garima Development Bank
Shivam Cement
Bizshala

निष्कासन अवधिभित्र उपलब्ध इकाईभन्दा बढी खरिद आवेदन प्राप्त भएपछि योजना आकार विस्तार गरी कुल रु. १ अर्ब २५ करोड बराबरको १२ करोड ५० लाख इकाई कायम गरिएको हो।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका अनुसार योग्य तथा रीतपूर्वक आवेदन दिएका लगानीकर्ताहरूलाई इकाई बाँडफाँड गरिएको छ। बाँडफाँडको नतिजा योजना व्यवस्थापकको आधिकारिक वेबसाइट तथा सीडीएस एण्ड क्लियरिङद्वारा सञ्चालित मेरोसेयर र आईपीओ रिजल्ट पोर्टलमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।

साथै, बाँडफाँडमा नपरेको इकाईबापतको रकम सम्बन्धित आवेदकहरूको बैंक खातामा फुकुवा गरिने जानकारी पनि दिइएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.