मंगलवार, भाद्र २,२०८३ 08:35:12
Bizshala
  • मंगलवार, भाद्र २,२०८३ 08:35:12
Bizshala
Global IME Bank Limited

स्वावलम्बन लघुवित्तले कमायो ११.८६ करोड नाफा,कस्तो छ अन्य सूचकको अवस्था ?

स्वावलम्बन लघुवित्तले कमायो ११.८६ करोड नाफा,कस्तो छ अन्य सूचकको अवस्था ?
New Office

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार संस्थाले तेस्रो त्रैमाससम्ममा ११ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुत अघिल्लो आवको सोहि अवधिको तुलनामा १.३५ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म संस्थाले १२ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी पनि २.२७ प्रतिशतले घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १ अर्ब ४ करोड रुपैयाँ रहेको संस्थाको खुद ब्याज आम्दानी घटेर १ अर्ब २ करोड रुपैयाँमा सीमित बनेको छ ।  

तेस्रो त्रैमाससम्म संस्थाले ९१ करोड ९६ लाख रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १.१६ प्रतिशतले कम हो । कर्मचारीका लागि ६३ करोड ४७ लाख रुपैयाँ खर्च गरेको संस्थाको अन्य सञ्चालन खर्च भने १० करोड ३१ लाख रुपैयाँ रहेको छ । संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ३८ करोड ५७ लाख रुपैयाँको व्यवस्था गरेको छ ।  

Bizshala
CG Motors

संस्थाको रिटेन्ड अर्निङमा ८०.१४ प्रतिशतको गिरावट आएको छ । यससँगै संस्थाको रिडेन्ड अर्निङ ११ करोड ५७ लाख रुपैयाँमा सीमित बनेको छ । रिजर्भको आकार भने १ अर्ब ३८ करोडबाट बढेर १ अर्ब ६० करोड पुगेको छ ।  

संस्थाको निक्षेप संकलन १३ अर्ब ७१ करोड र कर्जा प्रवाह १९ अर्ब १८ करोड रुपैयाँ रहेको छ । संस्थाको वितरणयोग्य मुनाफा ११ करोड ५७ लाख रुपैयाँबराबर छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी भने घटेको छ । अघिल्लो आवको तेस्रो बैमाससम्म १४.४३ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी(ईपीएस)घटेर ११.०२ मा सीमित बनेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ४३६.३२ रुपैयाँ,मूल्य आम्दानी अनुपात ७०.३४ गुणा र तरलता अनुपात ४.८० प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.