काठमाण्डौ । घोराही सिमेन्ट इण्डष्ट्रि लिमिटेडको रजिष्टर्ड कार्यालय स्थानान्तरण हुने भएको छ। कम्पनीले जनाए अनुसार हाल काठमाण्डौ महानगरपालिका–११, थापाथलीस्थित ट्रेड टावरमा रहेको रजिष्टर्ड कार्यालयलाई काठमाण्डौ महानगरपालिका–२८, पुतलीसडकस्थित त्रिवेणी कम्प्लेक्सको चौथो तल्लामा सारिने भएको हो।
कम्पनीको सञ्चालक समितिको असार ७ गते बसेको बैठकले असार ९ गतेदेखि रजिष्टर्ड कार्यालय स्थानान्तरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले उक्त नयाँ स्थानबाट आफ्ना सम्पूर्ण प्रशासनिक कार्य तथा ग्राहक सेवा यथावत रूपमा सञ्चालन हुने जानकारी दिएको छ।

