बिहीबार, श्रावण १४,२०८३ 11:01:42
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 11:01:42
Bizshala
Global IME Bank Limited

सेबोन अध्यक्ष भट्टको सपथ रोकियो, कारण यस्तो

सेबोन अध्यक्ष भट्टको सपथ रोकियो, कारण यस्तो
New Office

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा नियुक्त डा. गोपालप्रसाद भट्टले अझै नियुक्तिपत्र पाउन सकेका छैनन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरे पनि सोमबार पदभार ग्रहण गर्ने तयारी तत्कालका लागि प्रभावित भएको छ।

भट्टले सोमबार शपथ ग्रहण गरी कार्यभार सम्हाल्ने तयारी रहेको बताएका थिए। तर, नियुक्तिसम्बन्धी औपचारिक प्रक्रिया पूरा नभएकाले उनको शपथ ग्रहण कार्यक्रम केही समय पछाडि धकेलिएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनका कारण अर्थमन्त्रीसहित पार्टीका मन्त्रीहरू कार्यक्रममै व्यस्त रहेकाले नियुक्तिपत्र हस्तान्तरण तथा शपथ ग्रहणको प्रक्रिया अघि बढ्न नसकेको हो।

महाधिवेशन सकिएलगत्तै नवनियुक्त अध्यक्ष भट्टलाई नियुक्तिपत्र बुझाउने र शपथ ग्रहण गराउने तयारी भइरहेको बताइएको छ। त्यसपछि उनले औपचारिक रूपमा सेबोनको नेतृत्व सम्हाल्नेछन्।

लामो समयदेखि नेतृत्वविहीन रहेको सेबोनमा नयाँ अध्यक्ष नियुक्त भएसँगै पूँजीबजारमा नयाँ अपेक्षा जागेको छ। भट्टको प्रारम्भिक प्राथमिकतामा बजारमा मौलाएका विकृति नियन्त्रण, लगानीकर्ताको विश्वास पुनःस्थापना तथा नियामकको प्रभावकारिता बढाउने विषय रहने स्रोतको दाबी छ।

विशेषगरी इन्साइडर ट्रेडिङ, समूहगत कारोबार, सर्कुलर ट्रेडिङ, आईपीओ स्वीकृतिमा देखिएको ढिलाइ तथा बजार अनुशासनसँग जोडिएका विषयमा नयाँ नेतृत्वले कस्तो कदम चाल्छ भन्नेमा लाखौँ लगानीकर्ताको नजर केन्द्रित छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.