काठमाण्डौ । शिवम् सिमेन्ट लिमिटेडका सञ्चालक रोहित गुप्ताको राजीनाामा स्वीकृत भएको छ । कम्पनीको वैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले गुप्ताको राजीनामा स्वीकृत गरेको हो ।
उनको राजीनामा सोहि दिनदेखि लागू हुने गरी स्वीकृत गरिएको हो ।
गुप्ताले आफ्नो व्यक्तिगत तथा अन्य व्यवसायिक व्यस्तताको कारण देखाई गत चैत १४ गते राजीनामा दिएका थिए ।