काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख १४ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.०१ रुपैयाँ र बिक्रीदर १३३.६१ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४२.७१ रुपैयाँ र बिक्रीदर १४२.३५ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६६.४४ रुपैयाँ र बिक्रीदर १६७.१९ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६.९० रुपैयाँ र बिक्रीदर ८७.२९ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.५५ रुपैयाँ र बिक्रीदर ८.५९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२१ रुपैयाँ र बिक्रीदर ३६.३८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३६ रुपैयाँ र बिक्रीदर १८.४४ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २७.८४ रुपैयाँ र बिक्रीदर २७.९७ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.४८ रुपैयाँ र बिक्रीदर ३६.६५ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६८ रुपैयाँ र बिक्रीदर ९.७३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३२.२२ रुपैयाँ र बिक्रीदर ४३४.१७ रुपैयाँ कायम भएको छ ।