काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १४० जनाभन्दा बढी अभिकर्तालाई घान्द्रुकको भ्रमण गराएको छ ।
कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र महिनामा सञ्चालन गरेको अभिकर्ता मासिक योजनाअन्तर्गत देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी लक्ष्य पुरा गर्न सफल करिब १४० जनाभन्दा बढि बरिष्ठ अभिकर्ताहरुलाई कम्पनीले नेपालको पर्यटकिय क्षेत्र घान्द्रुकको भ्रमण गराएको हो ।
भ्रमण कार्यक्रममा सहभागी भएका बरिष्ठ अभिकर्ताहरुले यस प्रकारको भ्रमण कार्यक्रमबाट देशैभर छरिएर रहेका अभिकर्ताहरुबीच चिनजान हुनुका साथै एक आपसको अन्तरक्रियाबाट धेरै कुराहरु जान्न बुझ्न पाउने अवसर जुराई दिएकोमा कम्पनीलाई धन्यवाद ज्ञापन गरेका थिए ।
३ रात ४ दिनसम्म सञ्चालन गरिएको उक्त भ्रमण कार्यक्रममा सहभागी अभिकर्ताहरुले यथेष्ट मनोरञ्जन लिएको कम्पनीले जनाएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                