काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख १६ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.०५ रुपैयाँ र बिक्रीदर १३३.६५ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४२.७६ रुपैयाँ र बिक्रीदर १४३.४१ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६६.५१ रुपैयाँ र बिक्रीदर १६७.२६ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६.९७ रुपैयाँ र बिक्रीदर ८७.३७ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.४९ रुपैयाँ र बिक्रीदर ८.५३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२२ रुपैयाँ र बिक्रीदर ३६.३९ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३६ रुपैयाँ र बिक्रीदर १८.४४ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २७.९१ रुपैयाँ र बिक्रीदर २७.०३ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.४८ रुपैयाँ र बिक्रीदर ३६.६५ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६७ रुपैयाँ र बिक्रीदर ९.७१ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३२.२५ रुपैयाँ र बिक्रीदर ४३४.२० रुपैयाँ कायम भएको छ ।