काठमाण्डौ । नेपाल स्टक एक्चसेञ्ज (नेप्से)मा बुद्धभूमि नेपाल हाइड्रोपावरको हकप्रद सेयर सूचीकृत भएको छ ।
कम्पनीको शतप्रतिशत दरको ४० लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् कम्पनीको कुल सूचीकृत सेयर संख्या ८० लाख कित्ता पुगेको छ ।
उक्त सेयर सोमबारदेखि नै कारोबार गर्न सकिनेछ ।

