सोमबार, असार २९,२०८३ 11:38:11
Bizshala
  • सोमबार, असार २९,२०८३ 11:38:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

युरोपको भीषण गर्मीमा १० हजारभन्दा बढीको मृत्यु, वृद्ध सबैभन्दा बढी प्रभावित

Laxmi Sunrise Bank Limited
युरोपको भीषण गर्मीमा १० हजारभन्दा बढीको मृत्यु, वृद्ध सबैभन्दा बढी प्रभावित

काठमाण्डौ । युरोपमा जुन महिनाको अन्त्यतिर आएको कीर्तिमानी तातो लहरका कारण १० हजारभन्दा बढीको मृत्यु भएको आधिकारिक तथ्यांकले देखाएको छ। युरोपेली मृत्यु निगरानी सञ्जाल (यूरोमोमो)का अनुसार मृत्यु हुनेमा अधिकांश मृत्यु ६५ वर्षभन्दा माथिका मानिसहरूमा भएको छ।

यूरोमोमोले सार्वजनिक गरेको तथ्यांकअनुसार जुन २२ देखि २८ सम्मको एक सातामा मात्रै १० हजार ६५० अतिरिक्त मृत्यु दर्ता भएको हो। तीमध्ये ९ हजारभन्दा बढी मृत्यु वृद्ध उमेर समूहका व्यक्तिहरूको रहेको बताइएको छ।

अत्यधिक गर्मीले शरीरको तापक्रम नियन्त्रण प्रणालीलाई असर गर्ने, हृदय तथा श्वासप्रश्वाससम्बन्धी रोगलाई थप गम्भीर बनाउने भएकाले वृद्ध तथा दीर्घरोगीहरू सबैभन्दा जोखिममा पर्ने गरेका छन्। डेनमार्कको स्टेटन्स सिरम इन्स्टिच्युटका प्रमुख चिकित्सक लासे भेस्टर्गार्डले यस समयावधिमा देखिएको यस्तो उच्च अतिरिक्त मृत्युदर असामान्य रहेको बताएका छन्।

New Office
CG Motors
Garima Development Bank

वैज्ञानिकहरूले पछिल्लो गर्मी लहर मानव सिर्जित जलवायु परिवर्तनका कारण अझ तीव्र र सम्भावित बनेको बताएका छन्। उनीहरूका अनुसार विश्व तापक्रम वृद्धिले यस्ता चरम मौसम घटनाहरूको आवृत्ति र प्रभाव बढाइरहेको छ।

फ्रान्स, स्पेन, बेलायत लगायत पश्चिमी युरोपका देशहरूमा गर्मी लहरको प्रभाव सबैभन्दा बढी देखिएको थियो। अत्यधिक तापक्रमका कारण विद्युत् आपूर्तिमा समस्या, विद्यालय बन्द र तापक्रमका नयाँ कीर्तिमानहरू समेत कायम भएका थिए।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यूरोमोमोमा २७ युरोपेली देशका राष्ट्रिय मृत्यु तथ्यांक समावेश गरिएको छ। यो तथ्यांक सबै कारणबाट भएका मृत्युमा आधारित छ, केवल गर्मीका कारण भएका मृत्युमा मात्र सीमित छैन। यद्यपि, सो अवधिमा कोभिड–१९ जस्ता अन्य ठूला स्वास्थ्य संकटका कारण मृत्यु बढेको प्रमाण नभएकाले विशेषज्ञहरूले अत्यधिक गर्मीलाई नै मुख्य कारण मानेका छन्।

यसैबीच, बेल्जियमले सन् २००० यताकै कुनै पनि गर्मी लहरको तुलनामा सबैभन्दा उच्च अतिरिक्त मृत्युदर अनुभव गरेको जनाएको छ। बेलायत र वेल्समा गरिएको अर्को अध्ययनले मे र जुन महिनाको गर्मीका कारण करिब २ हजार ७०० जनाको मृत्यु भएको अनुमान गरेको छ।

जलवायु विज्ञहरूले बढ्दो तापक्रमसँगै भविष्यमा यस्ता चरम गर्मीका घटनाबाट जनस्वास्थ्यमा थप जोखिम बढ्न सक्ने चेतावनी दिएका छन्।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.