सोमबार, असार २९,२०८३ 06:11:32
Bizshala
  • सोमबार, असार २९,२०८३ 06:11:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

यदि तपाई यस्तो गर्न सक्नुहुन्छ भने ओपन एआईले दिनेछ ५० हजार डलर

Laxmi Sunrise Bank Limited
यदि तपाई यस्तो गर्न सक्नुहुन्छ भने ओपन एआईले दिनेछ ५० हजार डलर

काठमाण्डौ । एआई सुरक्षालाई अझ मजबुत बनाउने उद्देश्यले ओपन एआईले आफ्नो ‘बिग बग बाउन्टी प्रोग्राम’ विस्तार गर्दै नयाँ पुस्ताको एआई मोडल जीपीटी–५.६ लाई पनि समावेश गरेको छ। कम्पनीले जैविक सुरक्षासम्बन्धी सुरक्षा प्रणालीलाई प्रभाव पार्न सक्ने विश्वसनीय कमजोरी पत्ता लगाउने अनुसन्धानकर्तालाई अधिकतम ५० हजार अमेरिकी डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ।

ओपन एआईका अनुसार, यो कार्यक्रमको मुख्य उद्देश्य सामान्य रूपमा एकपटक मात्र काम गर्ने ‘प्रम्प्ट ट्रिक’ नभई विभिन्न कुराकानीमा लगातार काम गर्न सक्ने त्यस्ता प्रविधिहरू पहिचान गर्नु हो, जसले एआई मोडलका जैविक सुरक्षा मापदण्डलाई कमजोर बनाउन सक्छन्। यस्ता कमजोरी समयमै पत्ता लगाएर सुधार गर्न सके भविष्यमा एआईको दुरुपयोगको जोखिम घटाउन सकिने कम्पनीको भनाइ छ।

New Office
CG Motors
Garima Development Bank

यसअघि जीपीटी ५.५ बिग बाउन्टी कार्यक्रमअन्तर्गत अधिकतम पुरस्कार २५ हजार डलर थियो। नयाँ कार्यक्रमसँगै ओपन एआईले सफल ‘युनिभर्सल जेलब्रेक’ पहिचान गर्ने अनुसन्धानकर्ताका लागि पुरस्कार बढाएर ५० हजार डलर पुर्याएको हो। आंशिक रूपमा महत्वपूर्ण कमजोरी पत्ता लगाउने सहभागीलाई पनि परिस्थितिअनुसार साना पुरस्कार दिन सकिने बताइएको छ।

ओपन एआईले उन्नत एआई प्रणालीको सुरक्षा परीक्षणमा बाह्य अनुसन्धानकर्ता, सुरक्षा विशेषज्ञ र जैविक जोखिमसम्बन्धी विज्ञहरूको सहभागिता महत्वपूर्ण रहेको जनाएको छ। कम्पनीले जीपीटी ५.६ लगायतका अत्याधुनिक मोडलमा रहेका सम्भावित जोखिम पहिचान गरी सुरक्षा उपाय सुधार गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिरहेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

को–को सहभागी हुन सक्छन् ?

कार्यक्रममा सहभागी हुन इच्छुक अनुसन्धानकर्ताले ओपन एआईको आवेदन प्रक्रियामार्फत निवेदन दिनुपर्नेछ। छनोट भएका सहभागीले परीक्षण प्लेटफर्ममा पहुँच पाउनुअघि आवश्यक सम्झौता र सुरक्षा प्रक्रियाहरू पूरा गर्नुपर्नेछ। जीपीटी ५.५ कार्यक्रममा आवेदन दिएका अनुसन्धानकर्ताले पुनः आवेदन दिन आवश्यक नपर्ने ओपन एआईले जनाएको छ।

ओपन एआईका अनुसार जीपीटी ५.५ को परीक्षण दायरा जुलाई २७, २०२६ सम्म रहनेछ भने त्यसपछि कार्यक्रम मुख्य रूपमा जीपीटी ५.६ मा केन्द्रित हुनेछ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.