काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सको लक इन अवधि आगामी भदौ महिनामा समाप्त हुने भएको छ । योग्य संस्थागत लगानीकर्ताका लागि छुट्टाइएको कम्पनीको ७ लाख ७० हजार ६४० कित्ता सेयरको लक इन अवधि भदौ १ गते समाप्त हुन लागेको हो ।
कम्पनीको जारीपूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने कुल १९ लाख २६ हजार ६ सय कित्ता साधारण सेयरमध्ये ४० प्रतिशतले हुन आउने ७ लाख ७० हजार ६४० कित्ता सेयर योग्य संस्थागत लगानीकर्तालाई निष्कासन गरी बाँडफाँड गरिएको थियो ।
कम्पनीको सेयर २०८२ फागुन १ गते सूचीकरण भएको थियो । धितोपत्र दर्ता तथा निष्कासन नियमावली अनुसार सूचीकरण भएको मितिले ६ महिनासम्म योग्य संस्थागत लगानीकर्ताका लागि छुट्टाइएको सेयर लक इनमा रहने व्यवस्था रहेको छ ।
सोहि व्यवस्थाबमोजिम योग्य संस्थागत लगानीकर्ताका लागि छुट्टाइएको कम्पनीको सेयरको लक इन अवधि भदौ महिनामा समाप्त हुन लागेको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।