सोमबार, असार २,२०८२ 02:04:29
  • सोमबार, असार २,२०८२ 02:04:29
Global IME Bank Limited

आइएमई लाइफको नाफामा ७५% को उछाल, खुद बीमाशुल्क आर्जन पनि ७.९७% ले वृद्धि

Hyundai Nepal
आइएमई लाइफको नाफामा ७५% को उछाल, खुद बीमाशुल्क आर्जन पनि ७.९७% ले वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफामा ७५ प्रतिशतको उछाल आएको छ । कम्पनीले चालु  आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३३ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीको खुद नाफा १८ करोड ८ट लाख रुपैयाँ थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म ३ अर्ब ११ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको २ अर्ब ८९ करोडको तुलनामा ७.७९ प्रतिशतले धेरै हो । कम्पनीको अन्य प्रत्यक्ष आम्दानी ७३ लाख २५ हजार,लगानी तथा कर्जा आम्दानी ९६ करोड १३ लाख र बीमितलाई प्रदान गरिएको कर्जाबाट ३ करोड ४४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।  

यस्तै कम्पनीको अन्य आम्दानी ३९ लाख ७३ हजार रुपैयाँ रहेको छ । कम्पनीको कुल आम्दानी ४ अर्ब १२ करोड र खुद दाबी भुक्तानी २ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । कम्पनीले गरेको दाबी भुक्तानी अघिल्लो आवको सोहि अवधिकाु तुलनामा १४.०९ प्रतिशतले धेरै हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

तेस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ७९ करोड रुपैयाँ कुल खर्च गरेको छ । कम्पनीको महाविपत्ती कोषको आकार १५ करोड ९१ लाख र रिटेन्ड अर्निङ ८५ करोड ९२ लाख रुपैयाँबराबर रहेको छ ।  

कम्पनीको चुक्तापूँजी ४ अर्ब रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले सेयर प्रिमियम शीर्षकमा १ अर्ब ५३ करोड रुपैयाँ संचित गरेको छ । 

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) वृद्धि भएको छ । कम्पनीको ईपीएस ८.९८ रुपैयाँबाट बढेर ११.०५ रुपैयाँ कायम भएको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १७७.२५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४२१.५४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४९.८० गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.