काठमाण्डौ। घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको सेयर रजिष्ट्रारमा पुनः हिमालयन क्यापिटल नियुक्त भएको छ । कम्पनीको धितोपत्र कारोबार सम्बन्धी सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने तथा अन्य सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न हिमालयन क्यापिटललाई थप एक वर्षका लागि नियुक्त गरेको हो ।
कम्पनी र क्यापिटलबीच असार ३० गते थप एक वर्षका लागि सम्झौता नविकरण गर्ने सहमति समेत सम्पन्न भएको छ ।
सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य लगायत सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु हिमालयन क्यापिटलले गर्नेछ ।

