काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी अमित कुमार कयालले पाएका छन् ।
कम्पनीको सीईओ पद साउन ४ गतेदेखि २८ गतेसम्म रिक्त हुने भएकाले सो अवधिका लागि दैनिक प्रशासकीय एवं अन्य आवश्यक व्यवस्थापकीय कार्यहरु गर्न कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कयाललाई उक्त जिम्मेवारी दिइएको हो ।
कम्पनीको संचालक समितिको बैठकले कयाललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

