बुधबार, भाद्र ३,२०८३ 05:00:26
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 05:00:26
Bizshala
Global IME Bank Limited

हिमालयन रिको नयाँ व्यवसायमा लागेको रोक हट्यो, लगानीकर्ताको रकम सुरक्षित

हिमालयन रिको नयाँ व्यवसायमा लागेको रोक हट्यो, लगानीकर्ताको रकम सुरक्षित
New Office

काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्स कम्पनीले साउन १ गतेदेखि नयाँ व्यवसाय पूर्ण रुपमा सञ्चालन गरेको छ ।  

नेपाल बीमा प्राधिकरणले गत वैशाख २९ गते कम्पनीको नयाँ बीमा व्यवसायमा लगाएको अस्थायी प्रतिबन्ध असार ३२ गते समाप्त भएपछि कम्पनीले आफ्नो नयाँ व्यवसाय नियमित कारोबार पुनः सुरु गरेको हो ।

बीमा प्राधिकरणका निर्देशक शाम्भाराज लामिछानेले कम्पनीमाथि लगाइएका सबै प्रकारका नियामकीय कारबाही असार ३२ गतेदेखि नै समाप्त भएको बताए । ‘कम्पनीलाई असार महिनासम्मका लागि नयाँ व्यवसाय गर्न पूर्ण रोक लगाइएको थियो अब अवधि सकिएपछि त्यो प्रतिबन्ध स्वतः फुकुवा भएको छ’ उनले भने, ‘अब कम्पनीले नयाँ व्यवसाय कुनै रोकावट गर्न सक्छ र कम्पनीले सुरु पनि गरिसकेको छ ।’

Bizshala
CG Motors

हिमालयन रि को रकम अपचलन भएको विषयमा प्राधिकरणले कम्पनीलाई कारबाही गरेको थियो । कम्पनीको खातामा रहेको २ अर्ब ७३ करोड रुपैयाँ बराबरको सेयर खरिदको नाममा दुरुपयोग गरिएको प्रकरण अहिले न्यायिक प्रक्रियामा छ । उक्त मुद्दा विचाराधीन रहे पनि त्यसबाट कम्पनीमा थप वित्तीय दायित्व नपर्ने कम्पनीको भनाइ छ ।  

उक्त प्रकरणपछि बीमा प्राधिकरणले दुई महिनाभन्दा बढी समय कम्पनीलाई नयाँ व्यवसाय गर्न रोक लगाएको थियो। हाल ती सबै कारबाहीको अवधि समाप्त भइसकेको छ । सर्वसाधारणको समेत लगानी रहेको हिमालयन रि इन्स्योरेन्समा लगानीकर्ताको रकम सुरक्षित रहेको बीमा प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.