काठमाण्डौ । सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयरमूल्य समायोजना भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० का लागि घोषणा गरेको ११ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
नयाँ समायोजित मूल्य अनुसार कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७२९.७३ रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ८१० रुपैयाँका साथ कारोबार बन्द भएको थियो । भोलिदेखि कम्पनीको सेयर नयाँ समायोजित मूल्य अनुसार कारोबारमा आउनेछ ।
संस्थाले आव २०७९/८० का लागि ११ प्रतिशत बोनस सेयर र ०.५७८९प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) वितरणको प्रस्ताव गरेको छ । यो लाभांश कम्पनीको आगामी वैशाख ३१ गते आयोजना हुन लागेको साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।