सोमबार, असार २,२०८२ 01:51:46
  • सोमबार, असार २,२०८२ 01:51:46
Global IME Bank Limited

मेरोमाइक्रोफाइनान्स लघुवित्तको नाफामा ८४६% को उछाल, खराब कर्जा अनुपातमा गिरावट

Hyundai Nepal
मेरोमाइक्रोफाइनान्स लघुवित्तको नाफामा ८४६% को उछाल, खराब कर्जा अनुपातमा गिरावट
Nabil Bank Limited

काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा ८४६.२९ प्रतिशतले धेरै हो ।  

अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले १ करोड ३० लाख मात्रै खुद नाफा आर्जन गरेको थियो ।  

समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी पनि बढेको छ । कम्पनीको खुद ब्याज आम्दानी १५.५५ प्रतिशतले बढेर ६० करोड ९२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको चैत मसान्तसम्म ४६ करोड ९७ लाख रुपैयाँ रहेको कम्पनीको खुद सञ्चालन आम्दानी बढेर ६६ कररोड ६ लाख रुपैयाँ पुगेको छ ।  

कम्पनीले कर्मचारीका लागि ३५ करोड १८ लाख र १० करोड १७ लाख रुपैयाँ अन्य सञ्चालन खर्च गरेको छ । कम्पनीले इम्पेयरमेन्ट चार्जका लागि ४ करोड १२ लाख रुपैयाँ छुट्टाएको छ । अघिल्लो आवमा कम्पनीले इम्पेयरमेन्ट चार्जका लागि ३ करोड ८८ लाख रुपैयाँ छुट्टाएको थियो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले  इम्पेयरमेन्ट चार्जका लागि १३ करोड ४९ लाख रुपैयाँ छुट्टाएको थियो ।कम्पनीको इम्पेयरमेन्ट चार्ज ७१.२४ प्रतिशतले घटेकाले कम्पनीको नाफामा उछाल आएको हो । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको रिटेन्ड अर्निङ ९ करोड ३७ लाख रुपैयाँ र रिजर्भको आकार ६१ करोड ५४ लाख रुपैयाँ रहेको छ । गत आवसम्म कम्पनीको रिजर्भको आकार ५० करोड ६६ लाख रुपैयाँमा सीमित थियो।  

३ अर्ब ३९ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको कम्पनीले १३ अर्ब ९९ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । कम्पनीको खराब कर्जा अनुपात ९.१० प्रतिशतबाट घटेर ७.६१ प्रतिशत पुगेको छ ।

यस्तै कम्पनीको वितरणयोग्य मुनाफा ९ करोड ३७ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१२.५१ रुपैयाँ,प्रतिसेयर  नेटवर्थ १५३.७२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार १०१.४४ रुपैयाँ,मूल्य आम्दानी अनुपात ४९.३२ गुणा र तरलता अनुपात २.६९ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.