काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक १२.९६ अंकले बढेर २६८५.५४ विन्दुमा उक्लिएको छ ।
नेप्सेमा सूचीकृत ३३७ कम्पनीको ८८ लाख ५१ हजार २१६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.१९ प्रतिशत र निर्जीवन बीमा समूह ०.१६ प्रतिशतले घटेको छ ।
आज १९ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । यो कम्पनीको सेयरभाउ २.६५ प्रतिशतले बढेर ९७० रुपैयाँ पुगेको छ ।
त्यस्तै, हिमालयन रि को १.०१ प्रतिशत, हिमालयन एभरेष्टको ०.५६ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.११ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.४० प्रतिशत, नेको इन्स्योरेन्सको ०.३१ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.३३ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.१५ प्रतिशत, सलिकोको १.६४ प्रतिशत, सानिमा जिआइसीको १.१३ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.८४ प्रतिशतले बढेको छ ।
यसका साथै एशियन लाइफको ०.७० प्रतिशत, सिटिजन लाइफको ०.८३ प्रतिशत, गार्डियन माइक्रो लाइफको १.०५ प्रतिशत, हिमालयन लाइफको ०.२२ प्रतिशत, नेपाल लाइफको १.०४ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.३९ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.५९ प्रतिशत, सूर्यज्योति लाइफको ०.३१ प्रतिशतले बढेको छ ।
सर्वाधिक गुमाउनेमा भने आरबीसीएल रहेको छ । यो कम्पनीको सेयरभा २.७० प्रतिशतले घटेको छ ।
त्यस्तै, युनाइटेड अजोडको ०.६० प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.२५ प्रतिशत, आइएमई लाइफको ०.४८ प्रतिशत, एलआइसी नेपालको ०.०१ प्रतिशत, नेशनल लाइफको १.७४ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.५५ प्रतिशतले घटेको छ ।

