काठमाण्डौ। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयरधनीबाट बिक्रीमा राखिएको संस्थापक सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थालाई आवेदन दिन सार्वजनिक सूचना जारी गरेको छ।
बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १५ हजार २७ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो। यसअघि संस्थापक सेयरधनीहरूलाई सूचना प्रकाशित गरी तोकिएको ३५ दिने अवधिमा आवेदन आह्वान गरिए पनि कुनै पनि आवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थाले पनि सेयर खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
इच्छुक खरिदकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजातसहित काठमाण्डौको बालुवाटारमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्यासहित निवेदन पेश गर्नुपर्ने छ ।
बैंकले थप जानकारी आवश्यक परेमा आफ्नो सेयर विभागमा सम्पर्क गर्न सकिने समेत जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।