काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले लामो समयदेखि बीमा दाबी भुक्तानी लिन बाँकी रहेका बीमितहरुलाई बीमा दाबी भुक्तानी लिन आग्रह गरेको छ । कम्पनीले विभिन्न समयमा परेका दाबीहरुको निवेदन प्राप्त भएको तर तत्पश्चात हालसम्म दाबी फ्र्र्छौट प्रक्रियाका लागि आवश्यक कागजातसहित सम्पर्कमा नआएका त्यस्ता बीमितहरुको लामो समयदेखि दाबी भुक्तानी बाँकी रहेको कम्पनीले जनाएको छ ।
त्यस्ता बीमितहरुलाई आवश्यक कागजात(कोभिड दाबी बाहेक)सहित कम्पनीको नजिकको प्रदेश,शाखा तथा उपशाखा कार्यालय वा कम्पनीको केन्द्रीय कार्यालय वा सम्बन्धित सर्भेयरलाई सम्पर्क गरि आफ्नो बीमा दाबीको सम्बन्धित कागजात बुझाई दाबी फ्र्र्छौट कार्यमा सहयोग गर्न कम्पनीले आग्रह गरेको छ ।
कम्पनीले सूचना प्रकाशित भएको २१ दिनभित्र दाबी सम्बन्धी कागजात पेश गर्न आग्रह गरेको छ । अन्यथा त्यस्तो सबै दाबी फाइल बन्द गरिने कम्पनीले उल्लेख गरेको छ ।