काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडका सञ्चालक समिति सदस्य तिलक कोइरालाले दिएको राजिनामा स्वीकृत भएको छ। कम्पनीको सञ्चालक समितिको १६८औँ बैठकले कोइरालाको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको हो।
कम्पनीका अनुसार २०८३ साल साउन १९ गते दिउँसो ३ बजेर १५ मिनेटमा बसेको सञ्चालक समितिको बैठकले कम्पनी ऐन, २०६३ को दफा ८९ को उपदफा ३ (ग) बमोजिम कोइरालाको राजिनामा स्वीकृत गरेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।