काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले ओखलढुङ्गामा निर्माणाधीन २१ मेगावाट क्षमताको आयु मलुन खोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ।
कम्पनीको सञ्चालक समितिको साउन १९ गते बसेको सञ्चालक समितिको बैठकले आयु मोलुङ हाईड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित उक्त आयोजनामा संस्थापक सेयरमार्फत लगानी गर्ने सैद्धान्तिक निर्णय गरेको हो।
निर्णयअनुसार कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका दरले १० लाख कित्ता संस्थापक सेयर खरिद गर्नेछ। यसअनुसार आयोजनामा कुल १० करोड रुपैयाँ बराबरको लगानी हुनेछ।
ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिकामा निर्माणाधीन आयु मलुन खोला जलविद्युत आयोजना २१ मेगावाट क्षमताको जलविद्युत आयोजना हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।