सोमबार, असार २,२०८२ 02:02:45
  • सोमबार, असार २,२०८२ 02:02:45
Global IME Bank Limited

हिमालयन डिष्टिलरीको नाफामा ६३.५१% को गिरावट, कस्तो छ अन्य सूचकको अवस्था ?

Hyundai Nepal
हिमालयन डिष्टिलरीको नाफामा ६३.५१% को गिरावट, कस्तो छ अन्य सूचकको अवस्था ?
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन डिष्टिलरीको नाफामा ६३.५१ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म २१ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  

अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले ५७ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीको खुद बिक्री आम्दानी पनि ४१.४४ प्रतिशतले घटेको छ । कम्पनीको खुद बिक्री आम्दानी २ अर्ब ४० करोड रुपैयाँबाट घटेर १ अर्ब ४० करोड रुपैयाँमा सीमित भएको छ । कम्पनीको कर्मचारी खर्च १३ करोड २ लाख,प्रशासनिक तथा अन्य खर्च ५ करोड १ लाख र बिक्री तथा वितरण खर्च ३४ करोड ७८ लाख रुपैयाँ रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको रिजर्भको आकार ३७.१० प्रतिशतले घटेर ५२ करोड ८२ लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीको कुल चालु सम्पत्ति २ अर्ब ९७ करोड र कुल चालु दायित्व ५१ करोड ७६ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२८.७७ रुपैयाँबाट घटेर १०.५० रुपैयाँ कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १३४.५७ रुपैयाँबाट घटेर ११९.७७ रुपैयाँ कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.