सोमबार, असार २,२०८२ 01:48:10
  • सोमबार, असार २,२०८२ 01:48:10
Global IME Bank Limited

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा १०९.६५% ले वृद्धि, बीमाशुल्क आर्जन पनि १३८.५५% ले बढ्यो

Hyundai Nepal
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा १०९.६५% ले वृद्धि, बीमाशुल्क आर्जन पनि १३८.५५% ले बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा ५९ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनु्सार यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा १०९.६५ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीको खुद नाफा २८ करोड ४८ लाख रुपैयाँ थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ३२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको ५५ करोड ६९ लाखको तुलनामा १३८.५५ प्रतिशतले धेरै हो । कम्पनीको अन्य प्रत्यक्ष आम्दानी २ करोड ५७ लाख,कमिशन आम्दानी २६ करोड ५८ लाख, लगानी तथा कर्जा आम्दानी ५२ करोड ७३ लाख र अन्य आम्दानी ८६ लाख २३ हजार रुपैयाँ रहेको छ ।  

कम्पनीको कुल आम्दानी २ अर्ब १५ करोड र खुद दाबी भुक्तानी ६६ करोड २५ लाख रुपैयाँ रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ३० करोड कुल खर्च गरेको छ । कम्पनीको महाविपत्ती कोषको आकार १६ करोड ७४ लाख र रिटेन्ड अर्निङ ७१ करोड २ लाख रुपैयाँबराबर रहेको छ ।  

कम्पनीको चुक्तापूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले सेयर प्रिमियम शीर्षकमा ४ लाख ७५ हजार रुपैयाँ मात्रैसंचित गरेको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) वृद्धि भएको छ । कम्पनीको ईपीएस १९.६८ रुपैयाँबाट बढेर २८.३७ रुपैयाँ कायम भएको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ २५४.५९ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५०५.७० रुपैयाँ तरलता अनुपात १.०५ प्रतिशत र मूल्य आम्दानी अनुपात २६.४४ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.