काठमाण्डौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड घाटाबाट बाहिरिँदै नाफा कमाउन सफल भएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १ करोड ३८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ३ करोड २१ लाख रुपैयाँ खुद घाटामा थियो ।
आम्दानीमा भएको वृद्धि र खर्च कटौती हुनु जस्ता कारण कम्पनी नाफामा जानुको मुख्य आधार बनेको छ । कम्पनीको विद्युत बिक्री आम्दानी २०.९३ प्रतिशतले बढेको छ । कम्पनीले १४ करोड ५५ लाख रुपैयाँबराबरको विद्युत बिक्री आम्दानी गरेको छ ।
यस्तै कम्पनीले २१ लाख ६८ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले २ लाख २५ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको थियो । यो अवधिमा कम्पनीको वित्त खर्च समेत ६ करोड ७७ लाखबाट घटेर ४ करोड ८८ लाखमा खुम्चिएको छ ।
यो अवधिमा कम्पनीको कर्मचारी खर्च ३३ लाख ६८ हजार र प्रशासनिक खर्च ५६ लाख १७ हजार रुपैयाँ रहेको छ । यस्तै कम्पनीको रिटेन्ड अर्निङ २८ करोड २६ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १.७३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ६४.६७ रुपैयाँ, मूल्य आम्दानी अनुपात १७१.८१ गुणा र तरलता अनुपात १.५५ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।