काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख २१ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.२६ रुपैयाँ र बिक्रीदर १३३.८६ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४२.५९ रुपैयाँ र बिक्रीदर १४३.२३ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६६.७१ रुपैयाँ र बिक्रीदर १६७.४६ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६.९७ रुपैयाँ र बिक्रीदर ८७.३६ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.६१ रुपैयाँ र बिक्रीदर ८.६५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२८ रुपैयाँ र बिक्रीदर ३६.४५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.४० रुपैयाँ र बिक्रीदर १८.४९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.०३ रुपैयाँ र बिक्रीदर २८.१५ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५४ रुपैयाँ र बिक्रीदर ३६.७० रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७० रुपैयाँ र बिक्रीदर ९.७४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३२.८७ रुपैयाँ र बिक्रीदर ४३४.८२ रुपैयाँ कायम भएको छ ।