काठमाण्डौ । बिहिबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १३.८२ अंकले घटेर २६५४.१५ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३४७ कम्पनीको १ करोड ८ लाख ४ हजार ४२६ कित्ता सेयर किनेबच हुँदा ४ अर्ब ६२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुईवटै उपसूचका घटेका छन् । जीवन बीमा समूह ०.६७ प्रतिशत र निर्जीवन बीमा समूह ०.७३ प्रतिशतले घटेको छ ।
आज ४ बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । यो कम्पनीको सेयरभाउ ०.४९ प्रतिशतले बढेर १४ हजार ३०० रुपैयाँ पुगेको छ ।
त्यस्तै, प्रभु इन्स्योरेन्सको ०.०७ प्रतिशत, नेपाल रि को ०.२० प्रतिशत र सूर्यज्योति लाइफको ०.२९ प्रतिशतले बढेको छ ।
सर्वाधिक गुमाउनेमा भने एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.०८ प्रतिशतले घटेर ५६७ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, हिमालयन एभरष्टको ०.३३ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.७६ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.६० प्रतिशत, नेको इन्स्योरेन्सको ०.३२ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको १.७१ प्रतिशत, सलिकोको २.०१ प्रतिशत, सानिमा जिआइसीको ०.७६ प्रतिशत, शिखरको ०.१० प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.९९ प्रतिशत, युनाइटेड अजोडको ०.७९ प्रतिशत र हिमालयन रि को ०.६८ प्रतिशतले घटेको छ ।
यसका साथै एशियन लाइफको ०.०७ प्रतिशत, सिटिजन लाइफको १.२८ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.०८ प्रतिशत, गार्डियन माइक्रो लाइफको १.१६ प्रतिशत, हिमालयन लाइफको ०.५९ प्रतिशत, आइएमई लाइफको १.११ प्रतिशत, एलआइसी नेपालको १.०८ प्रतिशत, नेपाल लााइफको ०.६५ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.१९ प्रतिशत, रिलायबल नेपाल लाइफको १.१९ प्रतिशत, सन नेपाल लाइफको ०.८८ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.२७ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।