काठमाण्डौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । साउन २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी भदौ १७ गतेका लागि साधारण सभा आह्वान गरेको हो ।
उक्त सभा नयाँ बानेश्वरमा रहेको क्वालिटी ब्याङ्क्वेटमा बिहान साढे ८ बजेदेखि सुरु हुनेछ ।
सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विेशष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सञ्चालक समितिको तर्फबाट आव २०८२/८३ को वार्षिक प्रतिवेदमाथि छलफल गरी पारित गर्ने, आव २०८२/८३ का लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने र आव २०८३/८४ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।