मंगलवार, कार्तिक ३,२०८३ 04:38:35
  • मंगलवार, कार्तिक ३,२०८३ 04:38:35
Global IME Bank Limited

दरमखोला हाइड्रो इनर्जीद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव

Bizshala
दरमखोला हाइड्रो इनर्जीद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव
New Office

काठमाण्डौ । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आफ्नो वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समिति साउन २२ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार आगामी भदौ १४ गते आइतबार बिहान ९ बजे काठमाण्डौको अनामनगरस्थित किम्ची रेस्टुरेन्ट एन्ड बैंक्वेटमा सभा आयोजना हुने भएको हो।

सभामा सर्वसाधारण सेयरधनीका तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र यससम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।

सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा आर्थिक विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ।

सभामा कम्पनीको आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न तथा चालु आर्थिक वर्षमा प्रस्तावित काम, कम्पनीको आगामी योजना तथा अन्य विविध विषयमा समेत छलफल हुने जनाइएको छ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ ५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.