काठमाण्डौ । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडले विद्युत बिक्रीबाट हुने आम्दानी बढाउँदै र खर्च कटौती गर्दै नाफा बढाएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ७ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६७.५६ प्रतिशतले बढी हो ।
अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ४ करोड ६६ लाखबराबरको खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ३९ करोड २० लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले विद्युत बिक्रीबाट ३८ करोड ८६ लाख कमाएको थियो । यस्तै कम्पनीले यो अवधिमा ९ लाख २५ हजार रुपैयाँबराबरको अन्य आम्दानी समेत गरेको छ ।
यो अवधिमा कम्पनीको कर्मचारी खर्च १ करोड ८५ लाख, प्रशासनिक तथा अन्य सञ्चालन खर्च १ करोड ७१ लाख र वित्त खर्च १५ करोड ८५ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पानीको वित्त खर्च १८ करोड ३१ लाख रहेको थियो ।
कम्पनीको रिटेन्ड अर्निङको आकार ११ करोड ११ लाख रुपैयाँ रहेको छ । यो अवधिमा कम्पनीको कुल चालु सम्पत्ति १२ करोड ६९ लाख र कुल चालु दायित्व ६८ लाख १२ हजार रुपैयाँ छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ६.१४ रुपैयाँबाट बढेर १०.३० रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ११४.६२ रुपैयाँ, रुपैयाँ र रिर्टन अन इक्विटी ८.९८ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।