मंगलवार, श्रावण २६,२०८३ 01:03:56
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 01:03:56
Bizshala
Global IME Bank Limited

रिलायबल नेपाल लाइफद्वारा उत्कृष्ट अभिकर्ता सम्मान

Prabhu Bank Limited
रिलायबल नेपाल लाइफद्वारा उत्कृष्ट अभिकर्ता सम्मान
New Office

काठमाण्डौ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गरेको छ। कम्पनीको व्यवसाय विस्तार, उत्कृष्ट कार्यसम्पादन तथा बीमा सेवाको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने अभिकर्ताहरूको सम्मानका लागि शुक्रबारदेखि आइतबारसम्म बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरमा विशेष सम्मान कार्यक्रम आयोजना गरिएको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा देशभरबाट उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा मिलियन डलर राउन्ड टेबल हासिल गर्न सफल अभिकर्ता, मेगा स्टार उपाधि प्राप्त अभिकर्ता तथा सिनियर एजेन्सी म्यानेजरहरूलाई सम्मान गरिएको थियो।

कम्पनीको व्यवसायिक वृद्धि, उत्कृष्ट कार्यसम्पादन, समर्पण तथा बीमा सेवाको विस्तारमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मानित अभिकर्ताहरूलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा। डा। भगवान कोइराला तथा डा. विष्णु प्रसाद रेग्मीले स्वास्थ्य, जीवनशैली तथा पेशागत विकाससँग सम्बन्धित उत्प्रेरणामूलक विशेष प्रस्तुति दिएका थिए। प्रस्तुतिले सहभागी अभिकर्ताहरूलाई व्यक्तिगत स्वास्थ्य, पेशागत दक्षता र सफलताबीचको सम्बन्धबारे थप प्रेरणा प्रदान गरेको आयोजकले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृतले रिलायबल नेपाल लाइफको सफलताको प्रमुख आधार अभिकर्ताहरू रहेको उल्लेख गर्दै उनीहरूको निरन्तर मेहनत, व्यावसायिक प्रतिबद्धता तथा ग्राहकप्रतिको उत्तरदायित्वको प्रशंसा गरे। उनले आगामी दिनमा पनि उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई प्रोत्साहन तथा सम्मान गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए।

कार्यक्रममा कम्पनीको व्यवसाय विस्तारका सम्भावना, आगामी रणनीति तथा ग्राहकलाई गुणस्तरीय बीमा सेवा प्रदान गर्ने विषयमा समेत छलफल गरिएको थियो। साथै, सहभागी अभिकर्ताहरूबीच अनुभव आदानप्रदान तथा सफलताको प्रेरणादायी यात्राबारे अन्तरक्रियात्मक सत्रसमेत सञ्चालन गरिएको थियो।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरूको क्षमता विकास, उत्प्रेरणा तथा व्यावसायिक उत्कृष्टतालाई प्रोत्साहन गर्दै बीमा क्षेत्रको समग्र विकासमा निरन्तर योगदान पुर्याउँदै आएको जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X