बुधबार, श्रावण २७,२०८३ 04:51:44
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 04:51:44
Bizshala
Global IME Bank Limited

११ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सिटिजन लाइफ

Prabhu Bank Limited
११ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सिटिजन लाइफ
New Office

काठमाण्डौ । बुधबार सेयरबजारमा झिनो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक ०.५५ अंकले बढेर २६४२.४० विन्दुमा कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३४८ कम्पनीको ८७ लाख १ हजार ९४४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.१५ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूह भने ०.०९ प्रतिशतले बढेको छ ।  

आज ११ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.६० प्रतिशतले बढेर ६९४ रुपैयाँ पुगेको छ ।  

त्यस्तै, हिमालयन एभरेष्टको ०.६० प्रतिशत, नेको इन्स्योरेन्सको ०.०३ प्रतिशत, एनएलजीको ०.८८ प्रतिशत, शिखरको ०.५९ प्रतिशत, युनाइटेड अजोडको ०.२३ प्रतिशत, आइएमई लाइफको ०.७३ प्रतिशत, एलआइसी नेपालको ०.२६ प्रतिशत, नेपाल लाइफको ०.११ प्रतिशत, सूर्यज्योति लाइफको ०.७३ प्रतिशत र  हिमालयन रि को ०.३५ प्रतिशतले बढेको छ ।  

सर्वाधिक गुमाउनेमा भने सिटिजन लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १.१९ प्रतिशतले घटेर ४३२ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, एशियन लाइफको ०.४८ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.२५ प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.७३ प्रतिशत, हिमालयन लाइफको ०.३१ प्रतिशत, नेशनल लाइफको ०.३५ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.७१ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.३३ प्रतिशत, सन नेपाल लाइफको ०.७३ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.०२ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.०४ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.५५ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.३६ प्रतिशत, आरबीसीएलको ०.५९ प्रतिशत, सलिकोको १.०१ प्रतिशत, सानिमा जिआइसीको ०.०४ प्रतिशत र नेपाल रि को ०.५४ प्रतिशतले घटेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.