काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख २३ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.१८ रुपैयाँ र बिक्रीदर १३३.७८ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४३.१४ रुपैयाँ र बिक्रीदर १४३.७९ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६७.२१ रुपैयाँ र बिक्रीदर १६७.९७ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.६६ रुपैयाँ र बिक्रीदर ८८.०५ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.६९ रुपैयाँ र बिक्रीदर ८.७३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२६ रुपैयाँ र बिक्रीदर ३६.४२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३९ रुपैयाँ र बिक्रीदर १८.४८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.१० रुपैयाँ र बिक्रीदर २८.२२ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५३ रुपैयाँ र बिक्रीदर ३६.६९ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.८० रुपैयाँ र बिक्रीदर ९.८५ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३३.०८ रुपैयाँ र बिक्रीदर ४३५.०३ रुपैयाँ कायम भएको छ ।