बिहीबार, श्रावण २८,२०८३ 12:21:53
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 12:21:53
Bizshala
Global IME Bank Limited

गरिमा समृद्धि योजनाले लाभांश वितरण नगर्ने

Prabhu Bank Limited
गरिमा समृद्धि योजनाले लाभांश वितरण नगर्ने
New Office

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको प्रवर्द्धन तथा गरिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सामूहिक लगानी कोषअन्तर्गतको पहिलो बन्दमुखी योजना गरिमा समृद्धि योजनाले आर्थिक वर्ष २०८२/८३ का लागि इकाईधनीलाई लाभांश वितरण नगर्ने भएको छ।

साउन २७ गते बसेको गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समितिको ९४औँ बैठकले बाह्य लेखापरीक्षणपछि तयार गरिएको आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण स्वीकृत गर्दै सो आर्थिक वर्षमा कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

बैठकले योजनाको आर्थिक वर्ष २०८२/८३ सँग सम्बन्धित वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितको वित्तीय विवरण स्वीकृत गरेको कम्पनीले जनाएको छ।

यससँगै गरिमा समृद्धि योजनाका इकाईधनीले आर्थिक वर्ष २०८२/८३ का लागि कुनै पनि नगद वा अन्य प्रकारको लाभांश प्राप्त नगर्ने भएका छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.