बिहीबार, श्रावण २८,२०८३ 04:47:55
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 04:47:55
Bizshala
Global IME Bank Limited

२० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा सलिको

Prabhu Bank Limited
२० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा सलिको
New Office

काठमाण्डौ । बिहिबार सेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ८.८१ अंकले बढेर २६५१ विन्दुमा कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३४७ कम्पनीको १ करोड २ लाख २५ हजार ८७४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह ०.२० प्रतिशत र निर्जीवन बीमा समूह ०.५२ प्रतिशतले वृद्धि भएको छ ।  

आज २० बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा सगरमाथा लुम्बिनी इन्स्योेरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.६८ प्रतिशतले बढेर ५९८.९० रुपैयाँ पुगेकोछ ।  

त्यस्तै, आइजीआई प्रुडेन्सियलको ०.६८ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.८० प्रतिशत, नेको इन्स्योरेन्सको ०.५४ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.६७ प्रतिशत, आरबीसीएलको १.२५ प्रतिशत, सानिमा जिआइसीको ०.९३ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.५५ प्रतिशत, युनाइटेड अजोडको ०.२५ प्रतिशत, हिमालयन रि को ०.३४ प्रतिशत र नेपाल रि को ०.४३ प्रतिशतले बढेको छ ।  

यसका साथै एशियन लाइफको ०.२४ प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.२७ प्रतिशत, हिमालयन लाइफको ०.९१ प्रतिशत, आइएमई लाइफको ०.७३ प्रतिशत, एलआइसी नेपालको ०.४५ प्रतिशत, नेशनल लाइफको ०.५३ प्रतिशत, रिलायबल नेपाल लाइफको १.१६ प्रतिशत, सूर्यज्योति लाइफको ०.७३ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.५१ प्रतिशतले बढेको छ ।  

सर्वाधिक गुमाउनेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.१० प्रतिशतले घटेर ५३२ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, प्रभु इन्स्योरेन्सको ०.३६ प्रतिशत, शिखरको ०.१६ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.४३ प्रतिशत, नेपाल लाइफको ०.६६ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.४४ प्रतिशत र सन नेपाल लाइफको ०.०७ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.