काठमाण्डौ । बन्दीपुर केबलकार एण्ड टुरिजमले गत आर्थिक वर्ष २०८२–८३ मा १ करोड ३६ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।
कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा भने आफ्नो घाटा कम गरेको छ । अघिल्लो आवमा कम्पनीले १ करोड ७२ लाख रुपैयाँ घाटा ब्यहोरेको थियो ।
कम्पनीको आम्दानी भने खुम्चिएको छ । अघिल्लो आवमा २ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको यो कम्पनीले गत आवमा भने जम्मा २ करोड २९ लाख रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीको वित्त खर्च पनि घटेको छ । अघिल्लो आवमा १ करोड ८ लाख रुपैयाँ वित्त खर्च रहेको यो कम्पनीको गत आवमा भने ८९ लाख ७९ हजार रुपैयाँ मात्रै यस्तो खर्च रहेको छ ।
यता व्यवस्थापन खर्च भने सामान्य बढेको छ । अघिल्लो आवमा ४३ लाख १६ हजार रहेको व्यवस्थापन खर्च गत आवमा ६८ लाख १५ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) १.९६ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ९१.४१ रुपैयाँ, मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३३८ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३७.११ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।