काठमाण्डौ । मर्जरको तयारीमा रहेको जीवन विकास लघुवित्तले गत आर्थिक वर्ष २०८२–८३ मा उल्लेख्य नाफा कमाएको छ ।
गत आवमा संस्थाले १ अर्ब ८ करोड २२ लाख रुपैयाँ नाफा कमाएको हो । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५३.२० प्रतिशत बढी हो । अघिल्लो आवमा संस्थाले ७० करोड ६४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
संस्थाको खुद ब्याज आम्दानी र कमिसन आम्दानीमा उल्लेख्य सुधार देखिएसँगै नाफा वृद्धि भएको हो । समीक्षा अवधिमा संस्थाको ब्याज आम्दानी ११.८६ प्रतिशतले बढेर २ अर्ब ३५ करोड ८ लाख रुपैयाँ पुगेको छ भने कमिसन आम्दानी १२.३२ प्रतिशत बढेर ३० करोड ४९ लाख रुपैयाँ पुगेको छ ।
संस्थाको खराब कर्जा अनुपात (एनपीएल)मा पनि सुधार देखिएको छ । अघिल्लो आवमा ६.६५ प्रतिशत रहेको एनपीएल गत आवमा ५.३३ प्रतिशतमा झरेको छ । साथै सीडी रेसियो १२५.१० प्रतिशत, बेस रेट ११.१६ प्रतिशत, स्प्रेड दर ७.१९ प्रतिशत र कस्ट अफ फण्ड ६.७१ प्रतिशत रहेको छ ।
संस्थाको इपीएस ४५.९९ रुपैयाँबाट बढेर ६१.८० रुपैयाँ पुगेको छ । साथै प्रतिसेयर नेटवर्थ २७९.९५ रुपैयाँ, मूल्य आम्दानी अनुपात २०.२३ गुणा र तरलता अनुपात ८.७४ प्रतिशत रहेको छ ।
१ अर्ब ७५ करोड चुक्तापूँजी रहेको यो संस्थाको रिटेन्ड अर्निङ १ अर्ब ४० करोड १६ लाख रुपैयाँ छ भने रिजर्भमा १ अर्ब ७४ करोड ९६ लाख रुपैयाँ संचित रहेको छ ।
संस्थाले सो अवधिसम्ममा १ अर्ब ४० करोड १६ लाख रुपैयाँ वितरणयोग्य मुनाफाको लागि छुट्याएको छ । यसर्थमा संस्थाको लाभांश क्षमता ८०.०४ प्रतिशत रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।