काठमाण्डौ । विद्युत बिक्री आम्दानी उल्लेख्य बढ्दा मेन्छियाम हाईड्रोपावर लिमिटेडको नाफामा व्यापक कमी आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म आफ्नो घाटा ५५ लाख ९२ हजारमा झारेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीको घाटा ३९ करोड ४२ लाख रुपैयाँ थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानी १३ करोड ३० लाख पुगेको छ । अघिल्लो आवमा भने कम्पनीले विद्युत बिक्रीबाट ३ करोड ३८ लाख आर्जन गरेको थियो । यस्तै कम्पनीको वित्त खर्च घट्दा समेत कम्पनीको घाटा घट्नमा सहयोग पुर्याएको छ ।
अघिल्लो आवमा ७ करोड २९ लाख रुपैयाँ रहेको कम्पनीको वित्त खर्च ६ करोड ६८ लाखमा सीमित बनेको छ । प्रशासनिक खर्चपनि ४० करोड ३१ लाखबाट घटेर १ करोड ८५ लाखमा सीमित बनेको छ ।
५४ करोड २५ लाख रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको रिजर्भ भने ६८ करोड १४ लाखले ऋणात्मक रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १.०३ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ २५.३० रुपैयाँ, मूल्य आम्दानी अनुपात २६६.९० गुणा ऋणात्मक र तरलता अनुपात ०.४१ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।