काठमाण्डौ । पोखरा फाइनान्सको नाफा ६१.३९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०८२–८३ मा कम्पनीले २५ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
अघिल्लो आर्थिक वर्षमा भने कम्पनीले जम्मा १५ करोड ७५ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
कम्पनीको नाफा वृद्धि भएपनि ब्याज आम्दानीमा भने संकुचन देखिएको छ । अघिल्लो आवमा २६ करोड ५४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको यो कम्पनीले गत आवमा जम्मा १७ करोड ६४ लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ ।
कम्पनीको ब्याज आम्दानीमा सुधार नदेखिएपनि खर्चमा नियन्त्रण हुँदा नाफा वृद्धि भएको हो । कम्पनीको कर्मचारी खर्चमा सुधार देखिएर १७ करोड २२ लाखमा सीमित भएको छ । अघिल्लो आवमा यस्तो खर्च १७ करोड ७६ लाख रुपैयाँ थियो । साथै कम्पनीको डिप्रेसियसन २ करोड ७६ लाखबाट नियन्त्रण भई २ करोड ६४ लाख रुपैयाँमा सीमित भएको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) १४.५६ रुपैयाँबाट घटेर १३.३७ रुपैयाँ कायम भएको छ । यस्तै, प्रतिसेयर नेटवर्थ ७०.०१ रुपैयाँ, पीई रेसियो २७.२२ गुणा र तरलता अनुपात ४१.५९ प्रतिशत रहेको छ ।
कम्पनीको खराब कर्जा अनुपात (एनपीएल) ४.८५ प्रतिशत पुगेको छ भने बेस रेट ६.५२ प्रतिशत, आरओई १९.१० प्रतिशत, सीडी रेसियो ६६.४३ प्रतिशत र पूँजीकोष अनुपात १२.८९ प्रतिशत रहेको छ ।
कम्पनीको वितरणयोग्य मुनाफा भने १ अर्ब ८३ करोड रुपैयाँ ऋणात्मक रहेको छ । यसर्थमा कम्पनीको लाभांश क्षमता ९६.२५ प्रतिशत ऋणात्मक छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।