काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को नाफा २७.२९ प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनी ६७ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ९३ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले चौथो त्रैमाससम्म १ अर्ब ३ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २९.३० प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीको कुल आम्दानी १ अर्ब ४६ करोड रहेको थियो ।
चौथो त्रैमाससम्म कम्पनीको कुल खर्च घटेको छ । अघिल्लो आवमा १३ करोड ४१ लाख रहेको कम्पनीको कुल खर्च घटेर ७ करोड ९ लाखमा सीमित बनेको छ ।
कम्पनीको कुल चालु सम्पत्ति १५ अर्ब ८४ करोड र कुल चालु दायित्व ५१ करोड ५४ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भ बढेको छ । अघिल्लो आवमा ३ अर्ब ४६ करोड रुपैयाँ रहेको रिजर्भको आकार बढेर ३ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी घटेको छ । अघिल्लो आवमा ३.८० रुपैयाँ रहेको ईपीएस घटेर २.७३ प्रतिशतमा खुम्चिएको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ११२.६५ रुपैयाँ,पीई अनुपात १०४.४७ गुणा र तरलता अनुपात ३०.७४ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।