सोमबार, असार २,२०८२ 02:44:13
  • सोमबार, असार २,२०८२ 02:44:13
Global IME Bank Limited

मिथिला लघुवित्तको मुनाफा ४१% ले बढ्यो, ब्याज आम्दानी र रिजर्भ पनि वृद्धि

Hyundai Nepal
मिथिला लघुवित्तको मुनाफा ४१% ले बढ्यो, ब्याज आम्दानी र रिजर्भ पनि वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा ४१.५१ प्रतिशतको वृद्धि भएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्ममा ३ करोड ५४ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । गत आवको सोहि अवधिमा भने संस्थाले २ करोठ १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

संस्थाको खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ । संस्थाले अघिल्लो आवको तुलनामा खुद ब्याज आम्दानी ३१.५३ प्रतिशतले बढाएको छ । संस्थाले ९ करोड ६५ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ।  

समीक्षा अवधिसम्म संस्थाले ३ करोड ५३ लाख रुपैयाँबराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ । संस्थाको कर्मचारी खर्च ४ करोड ६९ लाख र अन्य सञ्चालन खर्च २ करोड ४२ लाख रुपैयाँ रहेको छ ।  

संस्थाको रिजर्भको आकार ३.२५ प्रतिशतले बढेर १३ करोड ६० लाख रुपैयाँ पुगेको छ । संस्थाको निक्षेप संलकन ९७ करोड ९५ लाख र कर्जा प्रवाह २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

संस्थाको खराब कर्जा अनुपातमा कमी आएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ४.९४ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ३.९० प्रतिशतमा सीमित बनेको छ । संस्थाले सम्भावित घाटाका लागि १ करोड ६१ लाख रुपैयाँ प्रोभिजनको व्यवस्था गरेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) २०.४४ रुपैयाँ,प्रतिसयर नेटवर्थ १६९.४१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५५२.५४ रुपैयाँ,मूल्य आम्दानी अनुपात ४८.९१ गुणा र तरलता अनुपात ९.८१ प्रतिशत रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.